दीपिका बनिन् लक्ष्मी



रंगखबर, काठमाडौँ – दीपिका पादुकोणको आगामी फिल्म ‘छपाक’को फर्स्टलूक सार्वजनिक गरिएको छ । जहाँ दीपिकालाई पहिलो नजरमा ठम्याउनै मुस्किल पर्छ । फिल्ममा उनि एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिकामा छिन् ।

फर्स्टलूकमा दीपिका र लक्ष्मीलाई छुट्याउन गाह्रो पर्छ । दीपिका दुरुस्तै लक्ष्मी देखिएकी छन् । मेघ्ना गुल्जारले निर्देशन गर्ने फिल्ममा दीपिका ‘मालती’ नाममा प्रस्तुत हुनेछिन् । मार्च २५ देखि छायाँकनमा उत्रिएको फिल्म आगामी वर्षको जनवरी १० मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्