राष्ट्रिय अवार्ड जित्ने कंगनाको दावी



रंगखबर, काठमाडौँ – बलिउडमा कंगना रनाउत आफ्नो बक्तव्यका कारण सर्वाधिक विवादमा पर्छिन् । यो रिलिज भएको ‘मणिकर्णिका’का कारण पनि उनि अत्याधिक विवादमा तानिइन ।

मार्च २३ मा ३२ औँ जन्मदिन मनाउने क्रममा उनले पुन: विवादित बोलि बोलेकी छन् । आगामी वर्षको राष्ट्रिय अवार्ड ‘मणिकर्णिका’ले नपाए उनले अवार्डको विश्वासनियतामा प्रश्न उठाउने दावी गरेकी छन् । 

‘गत वर्ष फिल्म ‘अन्धाधून’मा तबूले अविश्वसनीय काम गरेकी थिइन् । उनको अभिनयबाट म एकदमै प्रभावित भएकी थिए । आउने साल यो तय हुनेछ की, ‘मणिकर्णिका’ भन्दा केहि जबरजस्त काम देखिन्छ भने उसको प्रशंसा गर्छु । तर, मलाई लाग्छ यस्तो हुने छैन ।’

उनले राम्रो कामको मुल्यांकन नहुँदा निश्चित संस्थालाई असर पुग्ने बताउछिन् । त्यसैले ‘मणिकर्णिका’बाट उत्कृष्ट फिल्म या उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नेमा ढुक्क छिन् ।

कंगनाको ‘मणिकर्णिका’ जनवरी २५ मा रिलिज भएको थियो । बक्सअफिसमा हिट नभएपनि कंगनाले फिल्मबाट उत्कृष्ट अभिनयको तारिफ बटुलेकी थिइन् । त्यसैले उनमा यो आत्मविश्वास बढेको हुन् सक्छ ।

कंगनाले ‘फेसन’ ‘क्विन’ र ‘तनु वेड्स मनु रिटर्न्स’बाट गरि तीन पटक राष्ट्रिय अवार्ड हात पारिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्