सकारात्मक प्रतिक्रियाले मख्ख दीपशिखा



रंगखबर,काठमाडौँ – अहिले ओरालो लागेको फिल्म व्यापारमा हप्तै पिछे करोडौँ लगानी डुबिरहेको छ । हलमा दर्शक भरिभराउ नभएपनि सम्वन्धित फिल्मका व्यक्तिहरु सकारात्मक प्रतिक्रियालाई सफलता मान्दै त्यसमै चित्त बुझाइरहेका छन् ।

यस्तै भएको शुक्रबार रिलिज भएको ‘प्रेमलीला’ निर्मातालाई पनि । आइतबार राखिएको स्पेशल शोमा मिडियामा बोल्दै निर्मात्री एवं अभिनेत्री दीपशिखा खड्काले व्यापार गतिलो नभएपनि दर्शक प्रतिक्रियाले उत्साहित गरेको बताइन ।

अन्तरदेशीय प्रेमकथा उठाएको फिल्मलाई हेर्ने जति दर्शकले रुचाएको खड्काले बताइन । स्पेशल शोमा पनि सामजिक अभियन्ता सिताराम कट्टेल र कुन्जना घिमिरेलगायतको टोलीले फिल्मको प्रशंसा गर्यो । 

दीपशिखासँगै अलि खान र मौसम खड्काको मुख्य भूमिका रहेको फिल्म देशका अधिकाँस मल्टीप्लेक्सबाट उत्रिसकेको छ । भने,सिंगल स्टेशनमा जमिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्