‘शुभ लभ’ सावित होला त शुभ फिल्म ?



रंगखबर, काठमाडौँ – चैत १५ गतेदेखि प्रदर्शन हुने फिल्म ‘शुभ लभ’ चर्चित युवा ज्योतिष हरिहर अधिकारीका कारण चर्चामा छ । ज्योतिष शास्त्र हुँदै लेखन र अभिनयमा हात हालेका हरिहरले के डेब्यु फिल्मबाट सफलता हात पार्लान त ? फिल्मवृतमा बहस भैरहेको छ ।

नेपाली फिल्म र फिल्मकर्मीको भविश्य लेखाजोखा गर्ने हरिहरले ‘शुभ लभ’लाई लिएर शुभ संकेत देखाइरहेका छन् । युट्युबमा सार्वजनिक फिल्मका सामाग्रीले खासै सफलता हाँसिल गरेका छैनन् । तर, पनि कथाबस्तुलाई लिएर उनि उत्साहित छन् ।

उनका अनुसार प्रेमकथाको इतिहाँसमा ‘शुभ लभ’ले बिल्कुलै नयाँ कथा बोकेको छ । प्राय: नेपाली लभस्टोरी फिल्म बलिउड र साउथ इन्डियनबाट प्रभावित हुन्छन । कहिँ न कहिँ भारतीय झझल्को दिने नेपाली लभस्टोरी भन्दा बिल्कुलै नयाँ कथा पस्केको उनले बताउदै आएका छन् ।

हुनत, पछिल्लो समय फिल्म चलाउन ‘हामिले एकदमै नवीनतम कथा’ प्रस्तुत गरेका छौँ ।’ भन्ने फिल्मकर्मीले दर्शक झुक्याइरहेका छन् । पछिल्लो उदाहरण अनमोल केसीको ‘क्याप्टेन’ पनि हो । अनमोल आफैले ‘क्याप्टेन’लाई अहिलेसम्मकै फरक र नवीनतम कथा/प्रस्तुति बोकेको फिल्म भने । तर, हलमा पुगेपछि सबै छर्लंग भयो । 

कहिँ हरिहरको पक्षमा पनि यहिँ लागु हुने त होइन । यदि यस्तो भयो भने आगामी फिल्ममा उनिप्रतिको दर्शक विश्वास घट्नेछ । होइन भने चैत १५ मा हरिहरले भने जस्तै ‘शुभ लभ’ शुभ फिल्म सावित हुनेछ । जसका लागि हलसम्म पुग्नु पर्नेछ ।

सन्तोष बाबु लोहनी निर्देशित फिल्ममा हरिहरसँगै कृष्टिन पौडेलले अभिनयमा डेब्यु गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्