सलिनमानको ‘यात्रा’ ट्रेलर ट्रेन्डिङको शिर्ष स्थानमा



रंगखबर, काठमाडौँ – तीन दिन अगाडी रिलिज गरिएको फिल्म ‘यात्रा’को ट्रेलर युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । सलिनमान स्टारर फिल्मको ट्रेलरलाई युट्युबमा सकारात्मक प्रतिक्रिया मिलेपनि राम्रो भ्युज बटुल्न सकेको छैन ।

सम्राट शाक्य निर्देशित फिल्मको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ५ लाख ३५ हजार बढी पटक हेरिएको छ । 

फिल्ममा डेब्यु गर्ल मलिका महत दृष्टिविहिन युवतीको भूमिकामा छिन् । जो बिकट गाउँलाई संगीतले मन्त्रमुग्ध पार्छिन । त्यस्तै सलिनमान बनियाँ, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई र विशाल कटवाल भगिष्टको भूमिकामा छन् । भने, सलोन बस्नेत भिलेन अवतारमा प्रस्तुत भएका छन् ।

फिल्ममा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

केशव भट्टराई र चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरे र सुशील पोखरेलले लगानी भरेका छन् । फिल्म चैत २९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्