‘रातो टिका निधारमा’का लागि साम्रगीले बुझिन महँगो पारिश्रमिक



रंगखबर, काठमाडौँ-  आउँदो दशैँलाई प्रदर्शन मिति तय गरिसकेको फिल्म ‘रातो टिका निधारमा’ मा अभिनेत्री नीता ढुंगाना पछि साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छन । सोमवार बिहानमात्र साम्राज्ञीलाई निर्देशक अशोक शर्माले  लिड रोलमा अनुबन्ध गरेका हुन् । फिल्ममा साम्राज्ञी अशोक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन् । उक्त फिल्मका लागि उनले १६ लाखको पारिश्रमिक पनि जानकारी बाहिरिएको छ । यस अघि गत बर्ष प्रदर्शन भएको फिल्म ‘जय भोले’का लागि पनि शर्माले साम्राज्ञीलाई अफर गरेका थिए तर ‘इन्टु मिन्टू लन्डनमा’ को छायांकनले गर्दा सो अफरलाई छोडेकी थीइन । अब भने अशोकको साम्रगीसँग काम गर्ने इच्छा पुरा भएको छ । 

लगातार एक पछि अर्को फिल्ममा ब्यस्त बनेकी साम्राज्ञीले अहिले नवल नेपालले निर्देशन गरिरहेको फिल्म ‘मारुनी’को छायांकन धमाधम गरिरहेकी छन । हेमराज बिसीले निर्माण गर्ने फिल्म ‘शुभ विवाह’मा पनि साईन गरिसकेकी उनले रातो टिका निधारमाको छायाँकन भने मारुनी पछि गर्ने जानकारी बाहिरिएको छ ।  बैशाख अन्तिम साताबाट छायांकन सुरु हुने फिल्ममा नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहने छ । 

प्रतिक्रिया दिनुहोस्