‘ए मेरो हजुर ३’ ट्रेलर युटुबको शिर्ष स्थानमा



रंगखबर, काठमाडौँ- अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’ले प्रदर्शन पुर्व नै रेकर्डहरु राख्दै आएको छ । केहि समय अघि मात्र रिलिज भएका २ वटा गीतहरु एकपछि अर्को हिट हुदै गर्दा फिल्मको ट्रेलरले अहिले युटुबमा तहल्का मचाई रहेको छ । अहिले ट्रेलर युटुबको शिर्ष १ स्थानमा परेको छ । यो समाचार तयार पर्दासम्म १४ लाख ९० हजारले ट्रेलरलाई हेरिसकेका छन ।


यहि २९ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्म अहिले आम दर्शक माझ प्रतिक्षित बनिरहेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोलका दुई रुप देख्न सकिन्छ । सुपरस्टार र कमेडियन अवतारमा अनमोललाई प्रस्तुत गरिँदा, डेब्यु गर्ल सुहाना फ्यानको भूमिकामा देखिएकी छन् । ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा अर्पण थापा, सलोन बस्नेत, रेअर राई, रविन्द्र झा लगायतलाई पनि समेटिएको छ । सुनीलकुमार थापा निर्मित फिल्ममा संजय लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन छ ।

‘ए मेरो हजुर’मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको अभिनय थियो । त्यस्तै दोस्रो सृंखलामा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेका थिए । दुवै सृंखला सुपरहिट भएका कारण ‘ए मेरो हजुर ३’बाट पनि फिल्म क्षेत्रले ठुलो आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्