को सँग ‘चलखेल’ गर्दैछिन प्रियंका ?



रंगखबर, काठमाडौँ- विवाहको तयारीमा रहेकी अभिनेत्री प्रियंका कार्कीलाई अहिले कामको चटारो धेरै नै परि रहेको छ । फिल्म र म्युजिक भिडियोमा लगातार देखिएकी उनले केहि महिना अघि मात्र आयांका फाउन्डेसनलाई औपचारिक घोषणा गरिसकेकी छिन । सो फाउन्डेसनबाटै केहि साता अघि देखि नै विभिन्न सेवामुलक कार्य थालनी गर्दै आएकी प्रियंकाले फेरी अर्को फिल्म साईन गरेकी छिन ।

एभरेष्ट सुर्य बोहोराको लेखन निर्देशनमा बन्न लागेको फिल्म ‘चलखेल’मा प्रियंकाले अभिनय गर्ने पक्का पक्कि भएको छ । आइतबार निर्माण युनिट सिनेमाण्डु इन्टरटेन्टमेन्ट र नायिका कार्की बिच लिखित सम्झौता भएको हो । कमेडी जनरामा बन्ने फिल्मका लागि प्रियंका फाईनल भएसँगै किरण केसी र शिवहरी पौडेलसँग पनि कुरा भइरहेको जानकारी अहिले बाहिरिएको छ ।करिब २ करोड को लगानीमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, जिरी र मनाङमा हुने जानकारी निर्माण पक्षको छ । फिल्म जेठबाट फ्लोरमा जाने जानकारी पनि निर्माण टिमले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्