‘चिट डे’ मनाउँदै सुहाना



रंगखबर, काठमाडौँ –  यस वर्षकै प्रतिक्षित मानिएको फिल्म ए मेरो हजुर ३ को तेश्रो गीत सावजनिक भएको छ । ‘चिट डे’ बोल रहेको उक्त गीतमा सुहाना थापा फिचर्ड छिन भने गायिका प्रबिशा अधिकारीले गीतमा स्वर भरेकी छिन । प्रतिक पौडेलको शब्द संगीत रहेको गीतमा राहुल शाहको कोरियोग्राफी रहेको छ ।

यहि २९ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्म अहिले आम दर्शक माझ प्रतिक्षित बनिरहेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोलका दुई रुप देख्न सकिन्छ । सुपरस्टार र कमेडियन अवतारमा अनमोललाई प्रस्तुत गरिँदा, डेब्यु गर्ल सुहाना फ्यानको भूमिकामा देखिएकी छन् । सुनीलकुमार थापा निर्मित फिल्ममा संजय लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन छ ।

‘ए मेरो हजुर’मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको अभिनय थियो । त्यस्तै दोस्रो सृंखलामा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेका थिए । दुवै सृंखला सुपरहिट भएका कारण ‘ए मेरो हजुर ३’बाट पनि फिल्म क्षेत्रले ठुलो आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्