‘ए मेरो हजुर ३’ को ‘सत्य भन्छु’ सार्वजनिक



रंगखबर, काठमाडौँ- प्रदर्शनको लागि तमतयार भएर बसेको फिल्म ए मेरो हजुर ३ को सत्य भन्छु बोलको अडियो गीत सार्वजनिक भएको छ । प्रताप दासको अवाज रहेको गीतमा रवी मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ ।

गीत हेर्नुस :

 

यहि २९ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको फिल्म अहिले आम दर्शक माझ प्रतिक्षित बनिरहेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोलका दुई रुप देख्न सकिन्छ । सुपरस्टार र कमेडियन अवतारमा अनमोललाई प्रस्तुत गरिँदा, डेब्यु गर्ल सुहाना फ्यानको भूमिकामा देखिएकी छन् । सुनीलकुमार थापा निर्मित फिल्ममा संजय लामाको छायाँकन, दिर्घ खड्काको सम्पादन छ ।

अनमोल र सुहानाक अलावा फिल्ममा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्