‘प्रेम गीत ३’मा प्रदिपको जोडी स्वस्तिमा र नीति ?



रंगखबर, काठमाडौँ- प्रदिप खड्का स्टारर फिल्म लभ स्टेसनले प्रदर्शनको चौथो दिनमा पनि दर्शकहरुको राम्रो साथ पाई रहेको छ । चौथो दिन सम्म आईपुग्दा फिल्मले २ करोडको कलेक्सन गरेको समाचारहरु आई रहेको बेला  वितरक तथा निर्माता गोविन्द शाहीले पनि फिल्मले अहिले सम्म कलेक्सन २ करोडको हाराहारीमा कलेक्सन गरेको जानकारी दिएका छन । सोहि फिल्म हेर्न सोमबार हेरोइनहरुको उपस्थिति बाक्लै थियो । स्वस्तिमा खड्का, नीति शाह, केकी अधिकारी, ऋचा शर्माले प्रदिप-जसीताको लभ स्टेसन हेरेर तारिफको वर्षा गरेका छन ।

औपचारीक घोषणा अघि देखि नै चर्चामा रहेको फिल्म प्रेम गीत ३ को मुख्य हिरोइन को हुनेछ भन्ने सबैमा कौतुहलता रहेको छ । यसै क्रममा स्वस्तिमा र नीतिलाई यस बारे प्रश्न गर्दा स्वस्तिमाले भने हासेर उडाएकि छिन भने नीति शाहले भने ग्रिन सिग्नल दिएकि छिन नीति भन्छिन ‘कुरा पहिले देखि नै भै रहेको छ, स्क्रिप्ट राम्रो लागेमा प्रदिपसँग काम गर्न सक्छु हामीहरुले यस भन्दा पहिले पनि काम गरिसकेकाले उसँग काम गर्न इच्छुक पनि छु ।

जे होस् पूजा शर्माबाट सुरु भएको गीतको भूमिकालाई नीतिले फिल्म खेल्न तयार भईन भने कतीको न्याय गर्ने छिन त्यो त समयले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस्