दिपक-दिपाको ‘छ माया छपक्कै’



रंगखबर, काठमाडौँ- दिपक-दिपालाई ६ अक्षर निकै नै फलदायी सावित बन्दै आएको छ । ‘छ एकान छ’, ‘वडा नम्बर छ’ ‘छक्का पन्जा १ २ ३’ सम्म आइपुग्दा यो टिमले नेपाली फिल्म नगरीमा छुट्टै इतिहास पनि रच्न सफल पनि बनि सकेको छ । अब फेरी पनि यो टिमले ६ अक्षर नै जोडेर ‘छ माया छपक्कै’ निर्माण गर्ने भएको छ । दिपकराज गिरिले आफ्नो फेसबुकबाट सो फिल्मको घोषणा गरेका छन । फेसबुकमा स्ट्याटस लेख्दै उनि भन्छन :

हाम्रो आगामी फिल्मको नाम………
सुटिग बैशाख देखि ….. रिलिज दशैमा… 
निर्देशक: दीपेन्द्र लामा 
छॉयाकन: हरि हुमागॉइ…..शुभदिन!!!

 

तर रमाइलो कुरा त् के छ भने यस फिल्मलाई दिपाश्री निरौलाले निर्देशन नगर्ने भएकी छिन । टिमले उक्त फिल्म निर्देशन गर्न दिपेन्द्र लामालाई जिम्मा दिने भएका छन । रहित अधिकारीको लगानी र हरी हुमागाँईको छायांकन रहने फिल्म वैसाख देखि छायांकनमा जानेछ ।  कलाकारहरुको टुङ्गो नलागिसकेको फिल्म दशैँमा प्रदर्शन हुने जानकारी दिपकराज गिरिले फेसबुक मार्फत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्