सुपरस्टार गायक बने अनमोल !



रंगखबर, काठमाडौँ – म्युजिकल लभस्टोरी फिल्म ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक  चार गीतमा अनमोल केसी र सुहाना थापा विचको प्रेमलाई प्रस्तुत गरिएको थियो । भने, यसमा अनमोलले गायकको रुपमा स्टेज पर्फर्मेन्स दिएका छन् ।

गीतमा उनि सुपरस्टार प्रेमको भूमिकामा प्रस्तुत भएका छन् । भने, सुहानाले फ्यानको रुपमा पछ्याएकी छन् ।

प्रतिक पौडेल र पुष्पन प्रधानले संगीत भरेको गीतमा प्रताप दासको स्वर छ । संगीतकार पौडेलकै शब्द सृजना रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् ।

झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ वर्षको अन्तिम प्रतिक्षित फिल्म हो । नयाँ वर्षको अवसर पारी यहिँ शुक्रबारबाट रिलिज हुने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, रेअर राई, रविन्द्रा झा लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्