‘ए मेरो हजुर ३’ र ‘यात्रा’ हलमा, खुसियाली साट्नुस दुई फिल्मको साथमा



रंगखबर, काठमाडौँ – व्यापारिक हिसाबले कमजोर सावित भएको साल २०७५ ले केहि दिनमा विदा लिँदैछ । र, विदाईको स्वरुप फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा – अ म्युजिकल भ्लग’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् ।

व्यानर, स्टारकास्ट, गीत/संगीत, ब्राण्ड भ्यालुका कारण चर्चामा रहेका दुवै फिल्मबाट समग्र क्षेत्रले आशा गरेको छ । वर्षको अन्तिम दुई दिन भएपनि बक्सअफिस चलायमान राख्ने अनुमान छ । भने, २०७६ को सुखद यात्राको कल्पना गर्न सकिन्छ ।

स्वर्गीय निर्देशक शिव रेग्मीको सुपरहिट ब्राण्ड ‘ए मेरो हजुर’को दोस्रो सृंखला सुपरहिट दिएपछि निर्देशक झरना थापाले छोरी सुहाना थापालाई इन्ट्री गराएर ‘ए मेरो हजुर ३’ प्रदर्शनमा ल्याएकी छन् ।

अनमोल केसीसँग जोडी बाँधेकी सुहानाले प्रिमियरमा तारिफ बटुल्दै ग्राण्ड इन्ट्री मारेकी छन् । फिल्मलाई प्रिमियर हेर्नेले अत्याधिक तारिफ गरेपछि ‘ए मेरो हजुर ३’को चर्चा शिखरमा पुगेको छ ।

त्यस्तै सम्राट शाक्यको डेब्यु निर्देशनमा ‘यात्रा’ दर्शक माँझ पुगेको छ । ‘ए मेरो हजुर २’बाटै उदाएका सलिनमान बनियाँको मुख्य भूमिकामा ‘यात्रा’ले सुखद बाटो तय गर्न सक्ने प्रवल सम्भावना छ ।

जर्नी लभस्टोरीमा मलिका महतले डेब्यु गरेकी छन् । यसको सस्पेन्स ट्रेलरले दर्शक माँझ उत्सुकता जगाएको छ । शुक्रबारदेखि नेपाल भरका हलमा दर्शकले युवा कलाकारसँग यात्रामा सामेल हुन् सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्