‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – बलिउडको प्रतिक्षित फिल्म ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक भएको छ । पूर्ण मसालेदार ट्रेलरमा टाइगर श्रोफको दमदार एक्सन र नृत्यलाई फोकस्ड गरिएको छ ।

आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मलहोत्राले डेब्यु गरेको प्रिक्वेल सन् २०१२ प्रदर्शन भएर सुपरहिट सावित भएको थियो । यी तिनै जना ७ वर्षको अवधिमा स्टार बनेर चम्किसकेका छन् । सिक्वेलमा यी तिनै कलाकारको केमियो भूमिका छ ।

पुनित मलहोत्राले निर्देशन गरेको ‘स्टुडेन्ट अफ द इयर २’बाट तारा सुतारिया र अनन्या पाण्डेले डेब्यु गर्दैछन् । पहिलो सृंखलाको निर्देशक रहेका करण जोहर यसमा निर्माताको रुपमा मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्