फिल्मकर्मीले रुचाए सलिनको ‘यात्रा’



रंगखबर, काठमाडौँ- गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ लाई विशेष शो मा रुचाइएको छ । प्रदर्शनकै दिन राजधानी स्थित बिग मुभिजमा फिल्मको शो हेर्न पुगेका सेलिब्रेटीले फिल्म रुचाएका हुन् । डेब्यु फिल्म मार्फत नै दर्शकमा मनमा बस्न सफल सलिनमान बनियाको काम अझै परिपक्क भएको प्रतिक्रिया प्राप्त भएको छ । फिल्म हेर्न आइपुगेकाले सलिनको अभिनय र एक्सनको तारिफ गरेका छन् । फिल्म हेर्न शिव श्रेष्ठ , दिनेश डिसी, दीपकराज गिरी , दीपाश्री निरौला , रेखा थापा , सिताराम कट्टेल , कुन्जना घिमिरे , रमेश उप्रेती , निर्माता माधव वाग्ले , निर्देशक दिवाकर भट्टराई , निर्देशक मिलन चाम्स , निर्देशक अपिल विष्ट सहित भद्रगोल टिम लगायतले फिल्म हेर्दै तारिफ गरेका हुन् ।

सम्पूर्णले फिल्मले मनोरंजनसंगै युवालाई दायित्वबोध गराउने विषय रहेको भन्दै तारिफ गरे । सलिनलाई फिल्मनगरीमा उज्वल भविष्य रहेको भन्दै प्रतिक्रिया प्राप्त भयो । फिल्म हेर्न आँखाको ज्योति गुमाएर पनि धेरैको प्रेरणा बनेकी सृष्टी केसी पनि आइपुगेकी थिइन् । फिल्ममा डेब्यु गर्ल मलिका महतले ब्लाइन्डको भूमिका निर्वाह गरेकी छिन् । ‘हामी आत्मनिर्भर हुन्छौ र हामीले आफुलाई कसरि सबल बनाउछौ भन्ने प्रेरणा फिल्मले दिन्छ’ सृष्टीले फिल्म हेरेपछि प्रतिक्रिया दिदै भनिन् ‘यस विषय वस्तुमा फिल्म बनाउनु भएकोमा मेकरलाई धन्यवाद ।’

फिल्म हेर्न आएका अधिकांसले विषयवस्तु र सलिनको एक्सनको तारिफ गरे । फिल्म गोपीकृष्णको गोपी , अष्टनारायणको क , गुणको क , बाराहीको क सहित ठुला हलमा प्रदर्शन भईरहेको छ । फिल्ममा सलिनले भ्लग मार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् । फिल्ममा सलिनसंगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसै फिल्म मार्फत मलिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्