‘दाल भात तरकारी’का ४ पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ – बक्सअफिसको प्रतिक्षित फिल्म रिलिजको संघारतिर द्रुत गतिमा धकेलिदै छ । र, दर्शकसँग अन्तरक्रिया गर्न निर्माण टिम मोफसलको टुरमा छ ।

राजधानीमा भने मल्टीस्टारर फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पारिवारिक अमेरिका मोहलाई कमेडीरसमा ढालेको फिल्मका केन्द्रिय पात्रमा हरिबंश आचार्य र नीरुता सिंह छन् । पोस्टरमा पनि यी दुईकै  सक्रियता बढी देखिएको छ ।

चार पोस्टर मध्ये हरिबंश/नीरुता र पुष्प खड्का/आँचल शर्माको जोडीलाई दुईमा सोलो प्रस्तुत गरिएको छ । भने, बाँकीमा मदनकृष्ण श्रेष्ठ,  प्रियंका कार्की,  वर्षा राउत, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंसाकार, रोबिन तामाङ, शिशिर बाँग्देल, विल्सनविक्रम राई, शिवहरि पौडेललगायातका कलाकार अटाएका छन् ।

बैशाख २० गते रिलिज हुने फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत, मित्र डी गुरुङको सम्पादन, दिर्घ गुरुङको छायाँकन र कविराज गहतराज/प्रविण सिंहको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्