‘छक्का पन्जा २’को हिरो स्वरुपले गरे इन्गेजमेन्ट



रंगखबर, काठमाडौँ – ‘छक्का पन्जा २’मा अभिनय गरेका कलाकार स्वरुप पुरुष ढकालले इन्गेजमेन्ट गरेका छन् । सोमबार उनले मुस्कान सुवेदीसँग औँठी साटासाट गरेका हुन् ।

दुईको विवाह भने बैशाख २९ गते तय भएको छ । अभिनेत्री सुरक्षा पन्तसँग फिल्म ‘सुस्केरा’मा पहिलो पटक अभिनय गरेका स्वरुप अहिले आधिकारिक रुपमा कुनै फिल्मसँग जोडिएका छैनन् ।

पहिलो फिल्म ‘सुस्केरा’ रिलिज नभएपनि, उनले अभिनय गरेको ‘छक्का पन्जा २’ दुई वर्ष अगाडी प्रदर्शनमा आएको थियो । बक्सअफिसमा ब्लकबस्टर ‘छक्का पन्जा २’ बैशाख १३ बाट पुन: हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्