‘कलंक’को जबर्जस्त कमाई, विकेन्डमा पर्ला समिक्षाको प्रभाव ?



रंगखबर, काठमाडौँ – बलिउडको हाइ बजेट फिल्म ‘कलंक’ले पहिलो दिन बक्सअफिसमा कमालको व्यापार गरेको छ । ट्रेडका अनुसार फिल्मले पहिलो दिन २१.६० करोड नेट बटुल्यो । यो फिल्म १ अर्व भारुमा निर्माण भएको हो ।

बरुण धवन, आलिया भट्ट, आदित्य रोय कपूर, सोनक्षी सिन्हा, संजय दत्त र माधुरी दिक्षित जस्ता स्टारकास्टले भरिएको फिल्मको कमाई २०१९ कै उत्कृष्ट हो । ट्रेडले आशा गरे अनुरुप बक्सअफिसमा खरो उत्रिएको फिल्मले आगामी दिनमा कस्तो व्यापार गर्छ । प्रतिक्षाको विषय बनेको छ ।

किनकी, फिल्मलाई समिक्षक र दर्शकले झुर भनेका छन् । अभिषेक बर्मन निर्देशित फिल्मको कथा र पटकथालाई निक्कै कमजोर मानिएको छ ।

महावीर जयन्तिको विदा खान बुधबारै रिलिज भएको फिल्म नेपालमा भने निर्धारित मितिमा प्रदर्शन हुन् सकेन । चलचित्र बिकास बोर्डको शुक्रबार मात्र रिलिज गरिनु पर्ने नीतिले गर्दा यसको नेपाल रिलिज सारिएको हो । अब, शुक्रबारदेखि फिल्म हलमा चल्दैछ ।

भारतीय मिडियाले दिएको कमजोर रेटिङले नेपाली बक्सअफिसमा अवश्य नै प्रभाव पार्नेछ । यसको प्रत्यक्ष फाइदा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’लाई पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्