ट्रेलरमा गौरव र अनुको ‘पसिना’



रंगखबर, काठमाडौँ – गौरब पहारी र अनु शाहको मुख्य भूमिका रहेको फिल्म ‘पसिना’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरले आफ्नै कर्ममा विश्वास गर्न प्रेरित गर्छ ।

मजदुर र व्यवसायीहरुको द्वन्द प्रस्तुत गर्ने फिल्ममा गौरव शिक्षक र अनु पत्रकारको भूमिकामा छन् । फिल्मका लेखक, निर्माता र निर्देशक आरबी खत्री (शरद) हुन् ।

शान्त ढकालले निर्माण गरेको फिल्ममा सरोज खनाल, रवि गिरी, धुर्व कोइराला, जयनन्द लामा, सरोज अर्याल, शान्ति गिरी लगायतका कलाकारको पनि अभिनय छ ।

बैशाख २७ गते रिलिज हुने फिल्ममा आशिष/आरबीके शरदको पटकथा/संवाद, राजनराज सिवाकोटी/थिराज राई/दीपक शर्माको संगीत, राम केसीको छायाँकन र नविन निरौला/भरत रेग्मीको सम्पादन/रङ्ग संयोजन छ ।

प्रतिक्रिया दिनुहोस्