सलिनमान र मलिका प्रेममा उड्न थाले !



रंगखबर, काठमाडौँ – प्रदर्शनरत फिल्म ‘यात्रा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘फ्लाइङ फ्लाइ’ बोलको गीतमा मुख्य कलाकार सलिनमान बनियाँ र मलिका महतको केमेस्ट्री फोकस गरिएको छ ।

प्रतिक पौडेलको शब्द/संगीत रहेको गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर छ । भने, प्रविण सिंहले कलाकारलाई स्टेप्स सिकाएका छन् ।

सम्राट शाक्य निर्देशित ‘यात्रा’मा भ्लगिस्ट युवाहरुले समाजमा ल्याउन सक्ने परिवर्तनलाई मनोरंजनका माध्यमबाट प्रस्तुत गरिएको छ । फिल्मबाट डेब्यु गर्ल मलिका र अभिनेता सलिनमानले कामको तारिफ भेटेका थिए ।

फिल्ममा रेअर राई, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्