गुरु र पिटबुलको सहकार्यमा ‘SLOWLY SLOWLY’ रिलिज



रंगखबर, काठमाडौँ – अन्तत प्रतिक्षा सकिएको छ । भारतका सर्वाधिक लोकप्रिय पंजावी गायक गुरु रंधवा र अमेरिकन र्यापर अर्मान्डो क्रिस्टीयन पेरेज (पिटबुल)ले सहकार्यमा बनेको गीत ‘SLOWLY SLOWLY’ सार्वजनिक भएको छ ।

दुवैको सहकार्य गर्ने भएपछि यो गीत दर्शक/श्रोताको व्यग्र प्रतिक्षामा थियो । गुरुकै शब्द, संगीत र स्वर रहेको गीतमा हिन्दी, अंग्रेजी र स्पेनिस शब्द राखिएका छन् । गीतले रिलिजको ८ घण्टामै ६३ लाख भ्युज बटुलिसकेको छ ।

पिटबुलकै जन्मथलो मैमीमा फिल्माङ्कन गरिएको गीतको भिडियोलाई गिफ्टीको निर्देशन छ । भने, डिजे स्याडो दुबई, ब्ल्याक आउट, रेडमनी र वीले गीत निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्