सहमति पछि पाण्डेसँग बिराजले मागे माफी



रंगखबर, काठमाडौँ – अभिनेता बिराज भट्ट र प्रोडक्सन म्यानेजर शंकर पाण्डेको बीचको झगडा अन्त्य भएको छ । चलचित्र प्राविधिक संघले झगडाको टुंगो लगाइ दिएको हो । संघले बोलाएको छलफलमा बिराजले आफुले पहिले हात हालेको प्रति गल्ति भएको भन्दै पाण्डेसँग माफि मागेका हुन् ।

अब भट्टको निर्माण, निर्देशन र अभिनय रहने फिल्म ‘साङ्लोमा पाण्डेले निर्माण नियन्त्रणको काम गर्ने छैनन् । उनले लिएको एडभान्स रकम पनि फिर्ता नहुने सहमति गरिएको छ ।

सोमबार बुलेका फिल्मबारे छलफल गर्ने क्रममा दुवै जनाको झगडा परेको थियो । जुन क्रममा पाण्डे माथि भट्टले हात उठाएका थिए । ‘साङ्लो’ फिल्ममा बिराजले पुर्व मिस नेपाल निकिता चन्डकलाई अनुबन्ध गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्