१ सय ५० करोडको ‘कलंक’लाई आधा लगानी उठाउनै हम्मे



रंगखबर, काठमाडौँ – बलिउडले आशा गरेका बिग बजेटका फिल्मले लगातार बक्सअफिसमा हावा खाइरहेका छन् । गत वर्ष तीन खानका ठुला फिल्मले बक्सअफिसमा निराशा पोखे ।

त्यस्तै संकेत सुरु भएको २०१९ मा पनि । गत बुधबार भारतमा रिलिज भएको ‘कलंक’लाई लगानीको ५० प्रतिशत रिकभर गर्न पनि हम्मे पर्ने देखिएको छ । २०.६० करोडको गज्जब ओपनिङ गरेको फिल्मले दोस्रो दिनबाटै मोमेम्टम गुमायो । छैटौँ दिनसम्म आइपुग्दा पहिलो दिनको तुलनामा ८५ प्रतिशत व्यापारमा गिरावट आएको छ ।

कमजोर कथा र पटकथाले गर्दा मल्टीस्टारर फिल्मले साता भित्र लगभग सबैजसो हलबाट उत्रिने भएको छ । फिल्मको लागि कमाई गर्न अब तीन दिन मात्र बाँकी छ । किनकी, यो शुक्रबार रिलिज हुने ‘एभेन्जर्स; एंडगेम’ले भारतीय बक्सअफिसका ठुला रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

बरुण धवन, अलिया भट्ट, संजय दत्त, आदित्य रोय कपूर, माधुरी दिक्षित लगायतका कलाकारको अभिनय रहेको फिल्म १ सय ५० करोड भारुमा निर्माण भएको हो । अभिषेक बर्मन निर्देशित फिल्म लाइफटाइम ८० करोड भित्र खुम्चिन सक्छ । फिल्मले अहिलेसम्म ६९.२८ करोड कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्