मल्टीप्लेक्सका ८९ प्रतिशत शो ‘एभेन्जर्स’लाई, त्यैपनि टिकट पाउनै मुस्किल



रंगखबर, काठमाडौँ – शुक्रबारबाट नेपाल रिलिज हुन लागेको फिल्म ‘एभेन्जर्स – इन्ड गेम’को व्यग्र प्रतिक्षामा छन्, दर्शक । र अधिकाँस मल्टीप्लेक्सले अग्रिम बुकिङ पनि खुलाईसकेका छन् ।

देशभरका ६ ठुला मल्टीप्लेक्स कम्पनिले फिल्मलाई १ सय २० शो दिएका छन् । शुक्रबारका लागि खुला गरिएका १ सय ३५ शोजमा ‘एभेन्जर्स’ले ८८.८८ प्रतिशतको शोज आफ्नो पक्षमा पारेको छ । जसमध्ये ७० प्रतिशत बढी शोज सोल्डआउट भैसकेका छन् । बाँकी पनि भरिने प्रकियामा छन् ।

आक्रामक अग्रिम बुकिङलाई हेरेर यो अनुमान लगाउन सकिन्छ कि, फिल्मले विकेन्डसम्म सबैजसो शोजमा दर्शक भर्नेछ ।

त्यस्तै मल्टीप्लेक्सका बाँकी ११.११ प्रतिशत शोजमा ‘ए मेरो हजुर ३’, ‘कलंक’ र ‘छक्का पन्जा २’ले ठाउँ पाएका छन् । त्यो पनि शनिबार कटौती हुने सम्भावना प्रवल छ ।

विश्वव्यापी रेकर्डको अपेक्षा

‘एभेन्जर्स’को अन्तिम सृंखलाको अन्य देशमा पनि उत्तिकै क्रेज छ । विशेषत: अमेरिका, चिन, युके, फ्रान्स, नाइजेरिया, भारत, इजिप्ट, जापान, कोरियालगायतका देशहरुमा पनि रेकर्ड ब्रेक कमाई गर्ने संकेत देखाएको छ ।

भारतका ट्रेड एनालिस्टहरुको अनुमान अनुसार फिल्मले भारतमा अहिलेसम्मकै सर्वाधिक कमाई गर्न सक्छ । फिल्मले अग्रिम बुकिङमा रेकर्ड ब्रेक गरिसकेको छ । बुकिङको ६ घण्टा भित्रले फिल्मले ‘स्टार वार्स’ र ‘एभेन्जर्स: इन्फिनिटी वार’को लाइफटाइम टिकट संख्यालाई उछिनेको हो ।

प्रतिक्रिया दिनुहोस्