वर्षको अन्तिममा ‘प्रेमगीत ३’, निर्देशनमा सन्तोष सेनको डेब्यु



रंगखबर, काठमाडौँ – सफल लभस्टोरी सिरिज ‘प्रेमगीत ३’को आधिकारिक रिलिज मिति तय गरिएको छ । आशुसेन फिल्म प्रोडक्सनले यहि वर्षको अन्तिम शुक्रबार अर्थात चैत २८ गते पिरियड ड्रामा रिलिज गर्नेछ ।

यहि फिल्मबाट निर्माता सन्तोष सेनले निर्देशनमा डेब्यु गर्नेछन् । उनले ‘डमरुको डण्डीबियो’ निर्देशक छेतेन गुरुङसँग निर्देशनमा सहकार्य गर्नेछन् । ‘एक निषेधित प्रेमकथा’ भनिएको फिल्ममा प्रदीप खड्का मुख्य भूमिकामा रहनेछन ।

आधिकारिक रुपमा फिल्मका लागि अन्य सुचना सार्वजनिक गरिएको छैन । २ सय वर्ष पुरानो कथामा निर्माण हुने फिल्म बिग बजेटको हुने अनुमान लगाइएको छ । चाँडै नै पत्रकार सम्हेलन गरि फिल्मको सम्पूर्ण जानकारी सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्