कन्फर्म: क्रिसमसमा सलमान र रनबिरको महा-भिडन्त



रंगखबर, काठमाडौँ – ‘दबंग’ सिरिजको तेस्रो सृंखलाको रिलिज डेट तय भैसकेसँगै बलिउडमा ठुलो तरंग पैदा भएको छ । शुक्रबार बेलुका अभिनेता सलमान खानले ‘दबंग ३’ २०१९ को क्रिसमसको विदा खानलाई रिलिज हुने खुलासा गरिदिए ।

यहि मितिमा अमिताभ बच्चन, रनवीर कपूर, अलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ रिलिज हुँदैछ । डिसेम्बर २० मा रिलिज हुँदा यी दुई फिल्मले ५ दिन पछाडीको क्रिसमस विदा खान पाउनेछन् ।

यी दुवै फिल्मलाई लिएर बलिउड एकदमै आशावादी छ । ठुलो व्यानर, स्टार र बजेटले गर्दा यो वर्षकै सर्वाधिक ठुलो भिडन्त हुनेमा दुई मत छैन ।

सलमानले फर्स्टलूक पोस्टर ट्वीट गर्दै लेखेका छन् ‘चुलबुल पाण्डे इज ब्याक,,,।’  प्रभु देवाको निर्देशनमा बनिरहेको ‘दबंग ३’मा सलमानको अपोजिट सोनाक्षी सिन्हा छिन् ।

 

उता १ सय ५० करोडको बजेटमा बन्दै गरेको ‘ब्रह्मास्त्र’को पहिलो भागलाई आयन मुखर्जीले निर्देशन गर्दैछन् । छायाँकन सुरु हुनु भन्दा अगाडी नै ‘ब्रह्मास्त्र’ले रिलिज डेट तय गरेको थियो । तर, सुपरहिरोको फिल्म भएकाले भिएफएक्समा समय लाग्ने हुँदा डिसेम्बर रिलिज अन्यौलमा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्