धुर्मुस-सुन्तलीको हौसला बढाउन बद्रि र पूर्णकलाको क्रिकेट सम्बन्धि गीत



रंगखबर, काठमाडौँ – सामाजिक अभियन्ता धुर्मुस-सुन्तली देशकै नमुना गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन लागि परेका छन् ।

धुर्मुस-सुन्तलीको यो गौरवशाली काममा सम्पूर्ण नेपालीले हातेमालो गर्दैछन् । साता अगाडी मात्रै क्रिकेट मैदान निर्माण सहयोगार्थ नेपाली कलाकार ब्याट र बल समातेर मैदान झरेका थिए ।

त्यस्तै गायक/गायिका बद्रि पँगेनी र पूर्णकला बिसीले यहि विषयमा रहेर गीत तयार गरेका छन् । जसले धुर्मुस-सुन्तलीको यस कदमलाई अझ हौसला प्रदान गर्नेछ ।

दुर्गा पँगेनीले शब्द सृजना गरेको गीतमा बद्रिकै संगीत छ । धुर्मुस-सुन्तलीको दु:ख र मिहेनत दर्साइएको भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्