दोस्रो पटक अनमोल र सुहाना, झरनाको ‘ए मेरो हजुर ४’ की ‘भागवत गीता’ ?



रंगखबर, काठमाडौँ – फिल्म ‘ए मेरो हजुर ३’को सफलताले हौसिएकी निर्देशक झरना थापाले आइतबार पाइपलाइनमा रहेको फिल्म ‘भागवत गीता’को एक पाना खोलिदिइन ।

आधिकारिक फेसबुक पेजबाट अनमोल केसी र सुहाना थापाको फोटो सेयर गर्दै ‘विथ माइ भागवत गीता’ क्याप्सन लेखिन । यसले उनको आगामी निर्देशन ‘भागवत गीता’ हुने र त्यसमा अनमोल/सुहाना फाइनल भएको प्रष्ट पार्यो । तर, अनमोलले अहिलेसम्म फिल्म साइन नगरेको बताए । उनि अहिले स्क्रिप्ट पढिरहेका छन् । अन्तिम निर्णय पछि ६ महिना आराममा हुने उनले बताएका छन् ।

श्रोतका अनुसार फिल्ममा अनमोल हुने प्रवल सम्भावना छ । केहि दिन अगाडी ‘ए मेरो हजुर ३’ हेरेर प्रतिक्रिया दिने क्रममा अभिनेता भुवन केसीले झरनालाई अनमोल र सुहानाको जोडी दोहर्याउन सुझाव दिएका थिए ।

‘ए मेरो हजुर ४’ की ‘भागवत गीता’ ?

आइतबारै झरनाले पोस्ट गरेको दोस्रो स्टाटसले दर्शक अलमलमा पारेका छन् । आधिकारिक फेसबुक अकाउन्टबाट छोरी सुहानाको तस्विर शेयर गर्दै ‘ए मेरो हजुर ४ की भागवत गीता’ भनेर दर्शकलाई आफ्नो मत राख्न आग्रह गरेकी छन् ।

एकै दिनमा पोस्ट गरिएका दुई थरी स्टाटसले दर्शक तथा प्रशंसक अलमलमा परेका छन् । जे होस्, थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ४’मा सुहाना नै हुने कन्फर्म भएको छ । अब सुहानाको जन्मउत्सवसम्म कुर्न जरुरी छ । आशा गरौँ जहाँ आधिकारिक सुचना बाहिरिने छ ।

प्रतिक्रिया दिनुहोस्