‘रे’को रोमान्टिक नम्बरमा मस्त सुजाता र दिवश



रंगखबर, काठमाडौँ – असार २७ बाट अलनेपाल रिलिज हुने फिल्म ‘रे’को रोमान्टिक नम्बर सार्वजनिक गरिएको छ । ओम सुनारको संगीत रहेको ‘सागर माथि’ शिर्षकमा मुख्य कलाकार सुजाता थापा र दिवश धिताल फिचर्ड छन् ।

राजेन्द्र त्रिपाठीको शब्द सृजना रहेको गीतमा ओम र मेलिना राईले स्वर दिएका छन् । भने, पोखराको रमणीय दृश्यमा खिचिएको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी भरेका छन् ।

दिनेश पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मले राजधानीका तीन ठुला मछेन्द्र नारायण जात्रा, इन्द्र जात्रा र बिस्केट जात्राको परिवेशमा रहेर कथा भन्छ ।

फिल्ममा निल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाईलगायतका कलाकारको पनि अभिनय छ । राजेन्द्र त्रिपाठीले निर्माण गरेको फिल्ममा कुमार श्रेष्ठको एक्सन, महेन्द्र थापाको छायाँकन र ओम सुनारको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्