द्धन्द्ध कालमा विस्तापित भएका नागरिकको कथामा ‘भुइँफुल’ बन्ने



रंगखबर, काठमाडौँ – नेत्र सन्त्यालले फिल्म ‘भुइँफुल’ निर्देशन गर्ने भएका छन् । आइतबार अभिनेत्री करिश्मा मानन्धरले शुभमूर्हुतमा एक्सन कट भनिन् । कलाकार  गोविन्द प्रभात, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापाले मूर्हुत सट दिँदा कोरियोग्राफर गोविन्द राईले क्ल्याप ठोके । भने, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले नरिवल फुटाए ।

द्धन्द्ध कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका बिभिन्न समुदाय मध्य दलित समुदायमा हुने उतारचढाव तथा राज्यले गरेको बिभेदको बिषयमा फिल्म निर्माण हुनेछ । फिल्ममा नरेन खड्का, चन्दा राई र पुर्णिमा लामाको पनि अभिनय रहनेछ ।

बैशाख २५ देखि धरान, काठमाडौँ र झापामा छायाँकन हुने फिल्मलाई रामेश्वर हुमागाईंले खिच्नेछन् । सरिता राई प्रस्तुतकर्ता रहने फिल्ममा उर्मिला राईले लगानी भर्नेछिन् । फिल्म भुमेथान फिल्म प्रोडक्सन व्यानरमा निर्माण हुनेछ ।

रमेश खड्काको संगीत, गोविन्द प्रभातको कोरियोग्राफी, गणेश सुवेदीको शब्द सृजना रहने फिल्मलाई दर्शक र समिक्षकको रुचि ध्यानमा राखेर निर्माण गरिने निर्देशक सन्त्यालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्