आक्रामक ‘दाल भात तरकारी’, ‘वर्ड अफ माउथ’को असर कस्तो पर्ला ?



रंगखबर, काठमाडौँ – महसंचारको फिल्म ‘दाल भात तरकारी’ले बक्सअफिसमा सुखद व्यापारको सुरुवात गरेको छ । शनिबार आक्रामक व्यापार गरेको फिल्मको पहिलो दिने व्यापार भने सोचेजस्तो भएन ।

व्यानर, हाइप, हल र शोज संख्याको आधारमा शुक्रबारे व्यापार नै बम्पर हुने अनुमान ट्रेडको थियो । तर, सन्तोषजनक मात्रै रह्यो । शनिबार दोब्बर राम्रो व्यापार गर्ने क्रममा देशभरका हल भरिभराउ भए । मल्टीप्लेक्सका ५० प्रतिशत जति शोजमा शतप्रतिशत सिट भरिए । भने, बाँकी शोज पनि ८०-९० प्रतिशतको हारहारीमा रहे ।

समिक्षकबाट झुर फिल्मको संज्ञा पाएपनि ‘दाल भात तरकारी’लाई दर्शकले उत्कृष्ट भनिरहेका छन् । मिश्रीत ‘वर्ड अफ माउथ’को भरमा फिल्मले आइतबार कस्तो व्यापार गर्नेछ ? त्यहि अनुरुप सप्ताहन्तमा प्रभाव पर्नेछ ।

मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नीरुता सिंह, पुष्प खड्का, आँचल शर्मा र वर्षा राउत अभिनित फिल्मले आउँदो साता बलिउड फिल्म ‘स्टुडेन्ट अफ द इयर २’को सामना गर्नु पर्नेछ । अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथालाई सुदन केसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्