‘प्रेमगीत ३’लाई नयाँ हिरोइन चाहियो, कतै तपाई त होइन त्यो भाग्यशाली ?



रंगखबर, काठमाडौँ – प्रि-प्रोडक्सन रहेको फिल्म ‘प्रेमगीत ३’को लागि लिड अभिनेत्रीको खोजी आव्हान गरिएको छ । निर्माण कम्पनि आसुशेन फिल्मस्ले प्रेस बिज्ञप्ति जारी गर्दै इच्छुक युवतीको बायोडाटा मागेको हो ।

जसको लागि १८ देखि २५ वर्ष बीचका युवतीले अडिसनमा सहभागिता जनाउन सक्नेछन् । www.aasusenfilms.com को आधिकारिक साइटमा गएर फारम भर्न सकिनेछ । या त [email protected] मा सम्पर्क गर्नु पर्नेछ । इच्छुकले हालै खिचिएका, स्पष्ट चार तस्विरसहित बायोडाटा पेस गर्नुपर्ने बताइएको छ । अभिनेत्रीको हकमा ५.२ देखि ५.७ उचाई हुनुपर्नेछ ।

आवेदन दिएका मध्येबाट २० जना फाइनल अडिसनमा प्रवेश गर्नेछन् । निर्देशक छेतेन गुरुङ, सन्तोष सेन र कथाको मागमा जो सुहाउँछ, उसको लागि ‘प्रेमगीत ३’मा अभिनय गर्ने अवसर प्राप्त हुनेछ । अन्तिम एक युवतीले चर्चित पात्र गीतको भूमिका निर्वाह गर्न पाउनेछिन् ।

फिल्मको लागि प्रदीप खड्का लिड हुने प्रवल सम्भावना छ । प्रदीपको बारेमा निर्माण टिमले आधिकारिक सुचना बाहिर नल्याउँदा, ‘प्रेमगीत ३’को कास्टिङ चर्चा उचाईमा पुगेको छ ।
झन्डै १ वर्ष देखि स्क्रिप्टको काम भैरहेको फिल्मले सय वर्ष पुरानो ‘निषेध गरिएको प्रेमकथा’ भन्ने निर्माण पक्षले बताएको छ । छायाँकनमा नजाँदै फिल्मले आउँदो चैत २८ लाई रिलिज लक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्