सूर्यमाला र सुरक्षालाई लिएर दीपेन्द्र घोषणा गरे ‘आमा’



रंगखबर, काठमाडौँ – निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘आमा’ निर्देशन गर्ने भएका छन् । यो शिर्षकमा यसअघि दुई पटक नेपाली फिल्म निर्माण भैसकेका छन् । नेपालमै पहिलो पटक निर्माण भएको फिल्म ‘आमा’ शब्द सापटी लिएर बनाउन लागिएको फिल्ममा सूर्यमाला खनालले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

वि.सं. २०२० सालमा निर्माण भएको ‘आमा’लाई हीरासिंह खत्रीले निर्माण गरेका थिए । यहिँ शिर्षकमा २०५१ सालमा पनि रेसराज आचार्यले फिल्म बनाएका थिए ।

मंगलबार वर्षकै शुभ दिनमा फिल्मको औपचारिक घोषणा गरियो । निर्देशक खनालकै कथा र छायाँकन रहने फिल्ममा सुरक्षा पन्तले छोरीको भूमिका निर्वाह गर्नेछिन् । आमा-छोरीको कथा भन्ने फिल्ममा शर्मिला पाण्डेको लगानी रहनेछ ।

आगामी फागुन ९ गते रिलिज डेट तोकिएको फिल्मलाई काठमाडौँ र रामेछापमा छायाँकन गरिनेछ । सन्तोष अधिकारीको सह-निर्माण रहने फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहनेछ । फिल्म असार दोस्रो साताबाट फ्लोरमा जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्