सर्यो दयाहाङको ‘दयारानी’, साउन ३० मा ६ फिल्म रिलिजको सम्भावना



रंगखबर, काठमाडौँ – दयाहाङ राई स्टारर फिल्म ‘दयारानी’ले रिलिज डेट फेरबदल गरेको छ । जेठ १० गते रिलिज हुने भनिएको फिल्म अढाई महिना पछाडी धकेलिदा साउन ३० मा पुगेको छ ।

एक साता अगाडी रिलिज हुने दयाहाङकै फिल्म ‘जात्रै जात्रा’को कारण ‘दयारानी’ले पुर्व निर्धारित रिलिज डेट छोडेको हो । जेठ १० मै रिलिज हुँदा ‘दयारानी’ले हलिउड फिल्म ‘ब्राइटबर्न’ र बलिउडको ‘इन्डियाज मोस्ट वान्टेड’को सामना गर्नु पर्ने थियो ।

बरिष्ठ अभिनेत्री भुवन चन्दको ‘साइनो’ले पनि यो मिति छोडिसकेको छ । अब जेठ १० मा अन्य नेपाली कुनै पनि फिल्मलाई रिलिज भर्ने ठाउँ मिलेको छ ।

साउन ३० मा पनि ‘दयारानी’को लागि बक्सअफिस लडाई त्यति सहज देखिदैन । यो मितिमा नेपाली ‘हजार जुनीसम्म’ रिलिज हुँदैछ । भने, ३ भारतीय फिल्म प्रदर्शनको लागि तयार छन् । अक्षय कुमारको ‘मिसन मंगल’, जोन अब्राहमको ‘बट्ला हाउस’ र प्रभासको ‘साहो’ सम्भावित नेपाल रिलिज फिल्म हुन् । त्यस्तै हलिउड फिल्म ‘द एङ्ग्री बर्ड मुभी २’ले पनि यो मितिलाई रिलिज लक गरेको छ ।

माओत्से गुरुङले निर्देशन गरेको ‘दयारानी’मा दयाहाङसँगै दीया पुन, विजय बराल, प्रमिश गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुष्कर गुरुङलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्