‘काउसो’ ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ – फिल्म ‘काउसो’को ट्रेलर रिलिज गरिएको छ । मदन घिमिरेको कथा, निर्देशन रहेको फिल्ममा सबिनसँगै अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाईं र बालकलाकार असिम तिमिल्सिनाको अभिनय छ ।

अर्नभ फिल्मस प्रोडक्सनको प्रस्तुति ‘काउसो’का प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । अञ्चिला केसी कार्यकारी निर्माता रहेको फिल्मका निर्मातामा सिताराम तिमिल्सिना र भगवान खत्री छन् । फिल्म जेठ १७ गतेदेखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्