अनुष्का श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड – २०१९’को उपाधि



रंगखबर, काठमाडौँ – ‘मिस नेपाल वर्ल्ड – २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । राजधानीमा सम्पन्न २५ औँ मिस नेपाल समारोहमा २३ वर्षीय अनुष्काले अन्तिम २४ मा रहेका प्रतिस्पर्धीलाई उछिन्न सफल भइन ।

फाइनलमा प्रवेश गरेका टप ७ प्रतिस्पर्धी मध्ये ‘मिस नेपाल यूनिभर्स’को ताज प्रदिप्ता अधिकारीले जितिन् । त्यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतले जित्दा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिको पोल्टामा पर्न गयो । भने, मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् ।

२५ वर्ष पुरा भएको अवसरमा यस पटक पुर्व मिस नेपालहरुलाई स्टेजमा चढाइएको थियो । अन्तिम २४ बाट सेमिफाइनलमा १४ जनाले प्रवेश गरेका थिए भने, फाइनलमा जम्मा ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्