कबिर सिंह ट्रेलर: साहिदको पागलपन र प्रेम



रंगखबर, काठमाडौँ – ‘कबिर सिंह’को ट्रेलर रिलिज भएको छ । टिजर रिलिज पश्चात चर्चामा रहेको फिल्मको ट्रेलर दर्शक माँझ निक्कै प्रतिक्षित थियो । सन्दीप भांगा निर्देशित फिल्मको शिर्ष भूमिकामा साहिद कपूर छन् ।

उनि ट्रेलरमा उम्दा रुपमा प्रस्तुत भएका छन् । लभस्टोरी ड्रामामा उनि जिद्दी र संकी प्रेमीको भूमिकामा छन् । ट्रेलरमा साहिदले पागलपनको हद पार गरेका छन् । लाउड क्यारेक्टर उनलाई जम्छ पनि । यसअघि ‘हैदर’ र ‘उड्ता पंजाव’मा उनि निक्कै लाउड थिए ।

भांगाले ‘कबिर सिंह’लाई ब्लकबस्टर तलेगु फिल्म ‘अर्जुन रेड्डी’बाट उतारेका हुन् । त्यसैले उक्त फिल्मबाट थुप्रै सिन हुवहु सारिएको छ । फिल्ममा साहिदको अपोजिट काइरा आडवाणी छन् । फिल्म मे २१ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्