बन मान्छेको भेषमा ‘तारा बाजी लै लै’ (भिडियो)



गायक सुनिल कटुवाल र गायिका एन्जिलाको रेग्मीको युगल स्वरमा ‘तारा बाजी लै लै’ बोलको नयाँ गीत बजारमा आएको छ।

गीतमा शब्द र संगीत भिम विसीको छ। शैलेन्द्र एम. प्रधानले म्यूजिक एरेन्ज गरेको गीतको भिडियोमा बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीले मोडलिङ गरेकी छिन्। भिडियोमा कवितालाई प्रदिप लामा एन्ड द नेक्स्ड डान्स क्रुसँग नृत्य गरेको देख्न सकिन्छ।

पवन सुस्लिङले खिचेको भिडियोको कोरियोग्राफी प्रदिप र प्रमोद भण्डारी मिलेर गरेका छन् । भिडियो निर्देशन भने प्रदिपकै छ ।

यसअघि सुनिलले एन्जिलासँगै मिलेर ‘कपुरी क’ बोलको गीत बजारमा ल्याएका थिए । ‘गीत डान्सिङ फ्लेबरको छ । आशा छ, ‘कपुरी क’ जस्तै माया पाउनेछु,’ सुनिलले भने।

https://youtu.be/psFUXXxfCOA

प्रतिक्रिया दिनुहोस्