साउनमा सुरक्षाले दर्शक तर्साउने !



रंगखबर, काठमाडौँ – अभिनेता हुँदै निर्देशक बनेका अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको फर्स्टलूक पोस्टर मार्फत सार्वजनिक रिलिज डेट साउन ३ लाई छ । गत वर्ष निर्देशक थापाले हरर फिल्म ‘सुनकेशरी’ रिलिज गरेका थिए ।

सार्वजनिक पोस्टरमा सुरक्षा पन्तको हरर रुप प्रस्तुत गरिएको छ । २० दिनमा छायाँकन सकाएको फिल्ममा सुरक्षासँगै अर्पण र बेनिशा हमालको मुख्य भूमिका छ । अर्पण र सुरक्षाले फिल्ममा पति-पत्नीको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा निर्देशक दीपेन्द्र के खनाल र शर्मिला पाण्डेले लगानी गरेका छन् । शर्मिलाले यसअघि ‘लभ लभ लभ’ र ‘चंगा चेट’ निर्माण गरिसकेकी छन् । भने, आगामी फिल्म ‘आमा’ हुनेछ ।

डिएस डिजिटलको व्यानरमा निर्मित फिल्ममा निरज कँडेलको छायाँकन छ । फिल्मका प्रस्तुतकर्ता सुरज पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्