‘माया बस्छ कि के हो’मा सोनाल र कस्मताको रोमान्स



रंगखबर, काठमाडौँ – आइतबार राजधानीमा फिल्म ‘माया बस्छ कि के हो’को घोषणा गरिएको छ । राजु अधिकारीले निर्देशन गर्ने लभस्टोरी फिल्ममा सोनाल तामाङ, कस्मता निरौला, धुर्व दत्त र बेनी ढुंगानाको अभिनय रहनेछ । सोनाल र कस्मता फिल्मका नयाँ अनुहार हुन् ।

असार दोस्रो साताबाट फ्लोरमा जाने फिल्मलाई युरोपको लण्डन र स्कटल्याण्डमा खिचिनेछ । केहि कलाकार छनोटमै रहेको फिल्ममा रबिन्द्र बरालको छायाँकन रहनेछ । जनकपुर मिडिया हाउस प्रालिको व्यानरमा शरद अधिकारी प्रस्तुतकर्ता रहेको फिल्ममा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा/संवाद र अर्जुन पोखरेलको संगीत रहनेछ ।

फिल्मको कार्यकारी निर्मातामा बहादुर सिंह तामाङ (लामा) र कृष्ण गिरी छन् । स्कटल्याण्ड छायाँकनको लागि संयोजकको रुपमा प्रकाश अर्याल र दीपेश रेग्मीले काम गर्नेछन् ।

निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ र चलचित्र निर्माता संघका महासचिव रोज राणाले फिल्म सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्