सन्नीको नेपाली गीत रिलिज, कस्तो बन्यो अडियो र भिडियो ?



रंगखबर, काठमाडौँ – बलिउड गीतमा कामुक नृत्य गरेर चर्चामा आइरहने सन्नी लिओनी फिचरिङ नेपाली गीत सार्वजनिक गरिएको छ । उनि बलिउड अभिनेत्री समेत हुन् । तर, आइटम गर्लको रुपमा उनि बढी चर्चित छिन् ।

सम्राट बस्नेत निर्देशित फिल्म ‘पासवर्ड’को एक गीतमा उनको नृत्य समावेश गरिएको छ । जसको लागि नेपाली ५ करोड खर्चिएको बताइएको छ । ‘आजको साम’ बोलको गीतमा फिल्मका निर्माता तथा कलाकार विक्रम जोशीले सन्नीसँग ठुम्का लगाएका छन् । बलिउडका नामी कोरियोग्राफर बिष्णुदेवाले सन्नीलाई नचाएका छन् ।

थुप्रै कोरस प्रयोग गरेर भव्य रुपमा खिचिएको गीतमा अर्जुन पोखरेलको संगीत,  दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द लेखन छ । सार्वजनिक गीतको मिक्सिङमा समस्या देखिए पछि युट्युबबाट हटाइएको छ । युट्युबमा दर्शकले गीतको झुर अडियोबारे दुखेसो पोखेका थिए ।

फिल्ममा सन्नीको केहि सिन पनि रहेको बताइएको छ । उनका अलावा फिल्ममा अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङले अभिनय गरेका छन् ।

भदौ २७ मा रिलिज हुने फिल्ममा हिरल जोशी र अमित बस्नेतको लगानी छ । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।

https://youtu.be/zRhzB7Zk3k0

प्रतिक्रिया दिनुहोस्