‘कीर्तिपुर’ ट्रेलर: पृथ्वीनारायणले यसरि गरे एकीकरण



रंगखबर, काठमाडौँ – प्रदीप खड्गी निर्देशित फिल्म ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर रिलिज गरिएको छ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण फिल्म आधारित छ ।

निर्माण भएको लामो समयसम्म पनि रिलिज हुन नसकेको फिल्म अब असार १३ गतेदेखि अलनेपाल रिलिज हुनेछ । ऐतिहासिक फिल्ममा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डितलगायतका कलाकारको अभिनय छ । भने, अभिनेता एसराजले पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेका छन् ।

फोकस पिक्चर्सको व्यानरमा फिल्मलाई प्रेम खड्गी र अनन्त श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा विरेन्द्र ताम्राकार रहेका छन् ।

राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले फिल्ममा प्रस्तुत गरिएको निर्देशक खड्गीले बताएका छन् । गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएसँगै सेन्सर बोर्डबाट पनि फिल्मले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।

https://youtu.be/zMwTi1YpKCg

प्रतिक्रिया दिनुहोस्