‘साउने झरी’मा बाबु-छोराको प्रेम



रंगखबर, काठमाडौँ – असार १३ गते रिलिज हुने फिल्म ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साउने झरी’ बोलको गीतमा दयाहाङ राई र बालकलाकार रोनित सरकारको प्रेम देखाइएको छ ।

फिल्ममा दया र रोनित बुवा-छोराको भूमिकामा छन् । युवा अवस्थामा भने छोराको भूमिका सिद्धार्थराज तामाङले निभाएका छन् । सार्वजनिक गीतमा उमेश उपमाको शब्द रचना, निर्देशक अनमोल गुरुङ/शैकातको संगीत र विज्ञमा बराईलीको स्वर छ ।

अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको रुदेन सदा लेप्चाले निर्माण गरेका हुन् । फिल्ममा अल्लोना काबो लेप्चा, तुलसी घिमिरे र अरुणा कार्कीको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्