‘सानो मन’ ट्रेलर: शिल्पाको प्रेममा आयुषमान



रंगखबर, काठमाडौँ – आयुषमान देशराज जोशी र शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’को ट्रेलर रिलिज गरिएको छ । सुयोग गुरुङको निर्देशनमा बनेको फिल्मले प्रेमकथा भन्छ ।

सार्वजनिक ट्रेलरमा आयुषमान र शिल्पा बीचको मित्रता, प्रेम, रोमान्स र बिछोडको भाव दर्साइएको छ । फिल्मको प्लट बलिउड ‘आशिकी २’सँग मिल्न गएको देखिए पनि पूर्ण अनुमान लगाउन कठिन पर्छ ।

पहिलो पटक जोडी बाँधेका आयुषमान र शिल्पाको केमेस्ट्री सुहाएको छ । विशेषत: फिल्मको ब्याकग्राउण्ड म्युजिक दमदार छ । आयुषमानले पछिल्लो रिलिज फिल्म ‘प्रेम दिवस’बाट अभिनयमा तारिफ पाएका थिए । तर, फिल्म बक्सअफिसमा पत्तासाफ भयो । अब हेर्न बाँकी छ, असार २० गते रिलिज हुने ‘सानो मन’ले कस्तो नजिता पेस गर्छ ?

फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको पनि अभिनय छ ।

आलोक शुक्लाले खिचेको फिल्ममा कोरियोग्राफरको रुपमा साजन सिंह छ्न । उनलाई बलिउडबाट झिकाइएको हो । भने, संगीतको पाटो सुयोग सोताङले सम्हालेका छन् ।

ओपीजी फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी छ ।

https://youtu.be/NGRDtlixyfI

प्रतिक्रिया दिनुहोस्