‘प्रेमगीत ३’ लाइनअपमा शिव र सुनिल पनि



रंगखबर, काठमाडौँ – ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेमगीत ३’मा दुई वरिष्ठ कलाकारको इन्ट्री भएको छ । अभिनेताद्वय शिव श्रेष्ठ र सुनिल थापा वर्षकै प्रतिक्षित फिल्मका लागि अनुबन्धित भएका हुन् ।

राजेश हमालको ठाउँमा शिवको इन्ट्री भएको छ । उनले फिल्ममा हिमायलका राजाको भूमिका निर्वाह गर्नेछन् । यहि भूमिका व्यस्त सेड्युल बताउदै राजेशले गर्न मानेका थिएनन् । शिवको छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत हुनेछन । मनिषले यहि फिल्मबाट डेब्यु गर्दैछन् । त्यस्तै सन्तोष सेनको पनि फिल्ममा मुख्य भूमिका रहनेछ ।

सुनिलको पनि फिल्ममा सशक्त भूमिका हुने बताइएको छ । ‘एक निषेध गरिएको प्रेमकथा’ भनिएको फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्दैछन् । फिल्मको लागि लिड अभिनेत्री भने फाइनल भैसकेकी छैनन् । जसको लागि अडिसन जारी छ ।

आसुसेन फिल्मसको व्यानरमा निर्माण हुने फिल्मलाई सन्तोष सेन र विजय चाम्लिङले मिलेर निर्माण गर्दैछन् । २ सय वर्ष पुरानो कथामा निर्माण हुने पिरियड ड्रामालाई चैत २८ मा रिलिज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्