महाशिवरात्रीमा मल्टीस्टारर ‘लप्पन छप्पन २’



रंगखबर, काठमाडौँ – केहि महिना अगाडी फिल्म ‘लप्पन छप्पन २’को घोषणा गरिएको थियो । मुकुन्द भट्टले निर्देशन गर्ने फिल्मको लागि दयाहाङ, राई, सौगात मल्ल, अर्पण थापा, क्यारोलिन कोलिन्डा, देवु श्रेष्ठ, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमद फाइनल भैसकेका थिए ।

असार ११ देखि फिल्माङ्कन गरिने फिल्मको बुधबार राजधानीमा शुभ-मुर्हूत गरिएको छ । निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, राजु लामा, छायाँकार पुरुषोत्तम प्रधान लगायतको टिम शुभ-मुर्हूतमा उपस्थित थियो । अनुपबिक्रम, नम्रता र राजु फिल्मसँग जोडिएका पछिल्लो सदस्य हुन् । यी बाहेक फिल्मको लाइनअपमा कुनै बदलाब छैन ।

दुई वर्ष अगाडी रिलिज भएको ‘लप्पन छप्पन’ले बक्सअफिसमा एभरेज नतिजा पस्केको थियो । एक्सन जनरामा बन्ने फिल्मलाई नेपाल, अस्ट्रेलिया र युरोपमा पुरुषोत्तम प्रधानले खिच्नेछन् । सुरेन्द्र पौडेलको सम्पादन रहने फिल्मलाई महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते रिलिज गरिनेछ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्सको सयुक्त व्यानरमा निर्माण हुने फिल्मको निर्माता चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटी हुन् । प्रकास कुँवर र निर्मलकुमार मिश्रले कार्यकारी निर्माण सम्हाल्नेछन् । भने, उमेश पोखरेल, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना सह-निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्