एलिनाको अफिसियल गीत सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ – केहि समय अघि ‘तिम्रो मायाले’ बोलको गीत विवादमा आए पछि एकाएक चर्चामा आएकी गायीका ‘एलिना चौहान’को अफिसियल गीत सार्वजनिक भएको छ। विवाद पछि उनका फ्यान र  शुभचिन्तकले आफ्नै गीत निकाल्नु भन्दै सुझाव दिदै आएका थिए।  हो अब यिनै जादुमय स्वरको धनि एलिनाको ‘सम्बन्ध’ बोलको गीत सार्वजनिक भएको छ।  बसन्त सापकोटा, सुजाता बर्मा र बेनिषा पौडेलको पनि आवाज रहेको उक्त गीत निकै सुमधुर बनेको छ।  सापकोटाकै संगीत रहेको गीतमा स्वप्निल बरालको शब्द, सुदिप    सागरको एरेन्ज , शान थापाको निर्देशन तथा अर्जुन तिवारी र टिमको छायांकन रहेको छ। गीत बशन्त सापकोटाकै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो।

 

‘तिम्रो मायाले’ गीतको कभर गीत  सोहि गीतका ओरिजिनल गायक श्याम कार्कीले युटुबबाट हटाउन लगाए पछि एलिनाले गीत डिलिट गरेकी थिईन।  गीतले छोटो समयमा नै ८० लाख दर्शकको माया पाई सकेको थियो।

प्रतिक्रिया दिनुहोस्