‘सत्या’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ –  आउँदो कार्तिक २२ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘सत्य’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन स्टोरी फिल्मको ट्रेलरमा  प्रेम, रोमान्स र द्वन्द्वलाई देख्न सकिन्छ  ।  फिल्ममा विकास थापा मगर, राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्षा थिङ्ग, सुमन खत्री, विकास थापा, गौरव सम्राटलगायतको अभिनय छ ।

https://youtu.be/X8x3ztUPrEE

मिलन आले मगरको निर्देशनमा बनेको फिल्ममा विकास चौधरीको संगीत, सुमन कुमार तण्डुकारको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, श्रवण सम्राटको कथा र देव महर्जनको द्वन्द्व छ । फिल्मको गीतमा रामजी लामिछाने, सुरेश पाण्डे र सुरेश बस्यालको कोरियोग्राफी छ । झम्कीदेवी कालाखेती, सुमन खत्री र करण सिंह बोहोरा निर्माता रहेको फिल्ममा मदन थिङ्ग कार्यकारी निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्