यस्तो बन्यो ‘सरौतो’को कुले दाई – भिडियो



रङ्ग खबर, काठमाडौँ- केहि समय अघि फस्ट लुक पोस्टर सार्वजनिक गरेको फिल्म ‘सरौतो’को पहिलो गीत सार्वजनिक भएको छ।  बुधबार राजधानीमा पत्रकार सम्मेलन गराउँदै निर्माण तिम्ले प्रचार सामाग्री स्वरुप सो गीत छोडेको हो।  सार्वजनिक ‘कुले दाई’ बोलको गीतमा फिल्मका मुख्य कलाकार नायिका सुमी मोक्तान, सन्नी सिंह, सम्पदा दाहाल, पराक्रम पिजेबी राणा फिचर्ड छन् । हरी हुमागाईको डेब्यु निर्देशनमा बनेको फिल्मको पहिलो गीतमा चर्चित गायक तथा संगीतकार राजन राज सिवाकोटी र चर्चित गायिका मिलन नेवारको स्वर रहेको सार्वजनिक गीतमा शब्द / संगीत समेत सिवाकोटी कै रहेको छ ।

 

https://www.youtube.com/watch?v=0CuaNAnyAfs

कार्तिक २२ गते देखि प्रदर्शनमा आउने फिल्ममा शंकर महर्जनको द्वन्द, राघव कृष्ण गौतमको कथा पटकथा तथा सम्वाद रहेको छ। कार्यकारी निर्माता सृजना जोशी रहेको फिल्ममा विजय लामा, युबराज लामा, अमिर गौतम, लियो ट्याङ, धिरेन शाक्य, अरुणा कार्की, प्रतिक दुलाल, मनोज तामाङ, महिषा पुन मगर, शुभङ्गम शाह लगायतको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्